सिंहदरबार र राष्ट्रपति कार्यालयलगायत संवेदनशील क्षेत्रमा पनि कर्फ्यु

6k Shares

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कर्फ्यु लाग्ने क्षेत्र विस्तार गरेको छ ।

'जेन जी' पुस्ताका कारण दिउँसो नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको कार्यालयले फेरि अर्को सूचना निकालेर शीतल निवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु लगाएको हो ।

यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शङ्खमूल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।

release1_VLv81bSySx.jpeg

सम्बन्धित समाचार