नागढुंगाबाट १०२० एम्पुल लागु औषधसहित एक जना पक्राउ

8.5k Shares

काठमाडौँ, भदौ १५ गते । प्रहरीले नागढुंगाबाट १०२० एम्पुल लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराका अनुसार राजविराजबाट काठमाडौं आउँदै गरेको प्र. ०१–००६ ख ५४३१ नम्बरको यात्रु वाहक बसमा सवार रञ्जित मेहताले लुकाएको अवस्थामा उक्त परिणामको लागु औषध बरामद भएको हो । 

लागु औषधसहित पक्राउ परेका सप्तरी छिन्नमस्ता गाउँपािलका १ का १९ वर्षीय मेहतामाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।  मेहतामाथि लागू औषध ब्यूरो, शाखा कार्यालय नागढुंगाले अनुसन्धान अगाडि बढाएको हो । 

सम्बन्धित समाचार