के उपत्यका प्रहरीले हेड लिष्ट ग्रेटमा रहेका गुण्डाहरूको के बिशेष अप्रेशन गर्ने हुन त ? हाल उपत्यकामा गुण्डाहरू तलाउन प्रहरी सक्रिय रहेको बिज्ञ–पतिमार्फत् प्रहरी जिल्ला प्रमुखहरूको पत्रकार सम्मेलन ठूलो अभिव्यक्ति दिएको सुनिन्छ, तर राजधानीमा गुण्डागर्दिको गुण्डाराज राजधानी सडकदेखि सत्तासम्म रहेकोमा यसलाई चिर्न सानो चिकेन हर्टले नहुने बारे एक बरिष्ठ अधिकृत बताउँछन् ।
बिगतमा तत्कालीन अवस्था शान्ति सम्झौता पश्चात् राजधानी कुनै राजनीति दल, भातृ संगठनले सरकारलाई नै चुनौती दिँदै नागरिक र समाजमा सन्त्रासले समाज उथलपुथल पारेका थिए । सरकारको स्थानिय सुरक्षा नीतिलाई समेत प्रभाब परेको थियो ।
आज भोलि राजधानी मा गुण्डाहरूले पनि नागरिक, समाजमा सन्त्रास नयाँ ढंगले प्रभाव पार्न सामाजिक संञ्जालको प्रयोगले पनि नागरिकमा गुण्डाराज सञ्त्रासको संजाल बढ्दो छ, कारक के हो त ?
केही गुण्डा नाईकेदेखि टोले गुण्डालाई पक्राउ गर्दैमा गुण्डागर्दी न्युनिकरण होला र ?
राजनीति आडमा गुण्डाहरू जुरमुराउनु बिगतको नै पराम्परा नै हो, हिजोका गुण्डागर्दीमा आफू सफल भए पश्चात् ती गुण्डाहरू राजनीति आवरणमा आज कोही कुनै प्रदेशका मन्त्री कोही नगरपालिकको उप–मेयर, कुनै गाबिस अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य कुनै राजनिती दलको भातृ संगठन प्रभाबकारी सदस्य रहेको प्रमाण नै प्राप्त छ । यस्तो स्थितिमा प्रहरीको लागि निकै चुनौती थियो, छ पनि ?
नेपाल प्रहरीका केही होनहार अधिकृतले बिगतमा राजनीतिका आडमा आफुलाई गुण्डागर्दीको छाप छोड्न सफल गुण्डाहरूलाई समाजबाट टाडा राख्न र भबिष्यमा गुण्डागर्दीको परिमाण के कस्तो रहने हो त ? भन्ने परिणाम केही अधिकृतहरू ले आफ्नो पद नै दाउमा लगाएर एक छत्र गुण्डाराज तोडेका कारण गुण्डाहरू राजधानी छोडी पलायन भएका अभिलेख ताजकि छ थियो ।
तत्कालिन समयमा राजधानीमा गुण्डाहरू यति जुर्मुराएका थिए कि कुनै ठेक्का पट्ट, नयाँ संरचनाको व्यवसाय गर्दा पार्टन वा मोटो रकम, हप्ता बुझाउन बाध्य थिए । व्यबसायीहरूलाई गुण्डाहरूले प्रहरी कै अगाडि मान्छे उठाउने, फिलिम शैलीमा समाज नागरिक आतंकित गुण्डागर्दीबाट अजित थिए ।
तत्कालिन समयमा (अपराध महाशाखा) प्रमुख पुष्कर कार्कीको टिमले एमाले नेताको छत्रछायाँमा रहेर राजधानीमा आफ्नो दबदबा राख्ने बढ्दो संरचना राखेका चरी भने धादिङका दिनेश अधिकारीको पनि बिगबिगी थियो । (२०७१, साउन २१ ईन्काउण्टर) भो ।
सानो तिनो दम्भ भएका अधिकृतको बहसको बिषय थिएन, सरकारमा एमाले कै गृहमन्त्री रहँदा पनि सीसीका टिमले राजधानीमा गुण्डाहरूलाई निमुख पार्ने योजना अनुरूप ईन्काउण्टर नीतिमा लाग्यो, गुण्डा भागाभाग, ज्यान बचाउन आफ्नो स्थान नै छोडेर भागमभाग भाको थियो ।
अब चुनौतीमा रहेको गुण्डागर्दी प्रहरीलाई नाक झिंगा झै भएको छ, हालै गुण्डाको जन्मकुण्डली गुण्डाराजका २०० जना गुण्डागर्दी लिष्ट प्रहरीको टाउको दुखाई भएकोमा अब ग्रेट गुण्डाको अप्रेशन कस्तो होला ? हेरौ चुनौतीलाई प्रतिकार कस्तो रहला ?
क्रमाशः