काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

6.2k Shares

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा अहिले ठूलो पानी परिरहेको छ । विष्णुमती नदी गोङ्गबु, जलमापन केन्द्रमा अहिले जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

काठमाण्डौमा एकैछिन ठूलो पानी पर्दा पनि खोलामा बाढी आउने हुन्छ । त्यस्तै बस्ती जलमग्न हुने र सडकमा आवतजावत गर्न यात्रुलाई पनि हम्मेहम्मे पर्ने गर्छ ।

त्यस्तै अहिले मकवानपुरको मकवानपुरगढी र आसपासको क्षेत्रमा पनि ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस क्षेत्र भई बहने सम्रीलगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भागमा रहनेहरूलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका १/२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

सम्बन्धित समाचार