4.7k
Shares
काठमाडौँ। जिल्ला अदालतमा थुनछेक बहसको पालो नआएपछि गुण्डा नाइके चक्रे मिलन फेरि प्रहरी हिरासतमा पठाइएका छन् ।
अभद्र व्यवहार मुद्दामा काठमाडौँ जिल्ला अदालतले बुधबार ३० हजार धरौटीमा रिहा गरे लगत्तै उनलाई कुटपिटसम्बन्धी मुद्दाको अनुसन्धानका लागि भक्तपुर पठाइएको थियो ।
थिमीस्थित प्रहरी वृत्तमा राखिएका उनलाई आज बिहानै बयानका निम्ति व्यासीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको थियो ।
बयान सकिए पनि अदालतमा पेश गर्न समय नपुगेका कारण पुनः हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।