माओवादी बैठक सुरु, प्रचण्डले जवाफ दिँदै

6.1k Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पौने १२ बजेदेखि बैठक सुरु भएको हो । शुक्रबारदेखि जारी बैठक अध्यक्ष प्रचण्डको जवाफसहित

आजै समापन हुने बताइएको छ ।  अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ-आफ्नो धारणा राख्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । 

बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन् । 

विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन्। तर, शर्माले आफूलेमात्र होइन अध्यक्ष प्रचण्डले समेत आत्मालोचना गर्नुपर्ने धारणा राखेका छन् । 

सम्बन्धित समाचार