गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुईजना बेपत्ता

7.2k Shares

रसुवा– पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार साँझ दुई जना तीर्थालु बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङको विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।

गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ ।

बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ ।

सम्बन्धित समाचार