टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

10.4k Shares

भक्तपुर, ३२ असार । सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरस्थित सडकमा बा.४ ख ४८०१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार