करेन्ट लागेर मृत्यु

7.7k Shares

सप्तरी, ३२ असार । तिरहुत गाउँपालिका-४ मुखिया टोल बस्ने कुशेसर मुखियाको छोरा १४ वर्षीय सोमनाथ मुखियको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।

आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार