सुनचाँदीको मूल्य घट्यो, आज यतिमा हुँदैछ कारोबार

8k Shares

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३०० र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो। 

जसअनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य २ हजार २६० रुपैयाँ कायम भएको छ। 

यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० र चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ कायम भएको थियो। 

सम्बन्धित समाचार