ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

18.4k Shares

रुकुम, १७ मंसिर । रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानकाे ज्यान गएकाे छ । श्रीमती घाइते भएकी छन् । आठबीसकोट नगरपालिका-७ औलमा रा १ प ४४१२  नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना भएकाे हाे ।

दुर्घटनामा  ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती  सपना विक घाइते भएकी छिन् । उनको  आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेकाे नेकपा  (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रवी केसीले जानकारी दिए ।

सम्बन्धित समाचार