बैरोमा म्यानपावर नवीकरणमा असुली

9.2k Shares

काठमाडौं । बैदेशिक रोजगार बिभाग भित्र अहिले संस्था नविकरणमा घुषको खुलेयाम डिलिङ भैरहेको छ । असार मसान्तसम्म सबै मेनपावर कम्पनी नविकरण गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । त्यही अवसर पारेर अहिले बिभागमा अर्को खुलेयाम असुली धन्दा शुरू भएको हो ।

संस्था नविकरण गर्नको लागि बिभागमा प्रति संस्था २५ हजारको दररेट तय भएको बिभागको अन्तिम स्वीकृति शाखामा कार्यरत एक शाखा अधिकृतले जानकारी दिए । उनले भने , अहिले दर्ताको संख्या त झण्डै १७ सय भन्दा माथिको अवस्थामा रहेको छ । तर सबै नविकरण हुदैनन् , किनकि कोही कारबाहीमा परेका हुन्छन् , कोही मुद्दामा हुन्छन् । तापनि १५ सयको हाराहारीमा संस्था नविकरण होलान् । “ संस्था नविबरण गर्ने काम बिभागको प्रशासन शाखाले गर्ने गर्दछ । 

अहिले बिभागले नविकरण गर्दा गुगल नक्सा अनिवार्य भनेर सुचना समेत सार्वजनिक गरेको छ । तर कतिपय मेनपावर कम्पनी खल्तीमा अफिस राखेर हिड्ने गरेका छन् । यसबाहेक गुगल नक्सा अनिवार्य भन्ने सुचना नै संस्था नविकरणको एउटा प्रमुख घुष खाने माध्यम बनेको छ । सबैले गुगल नक्सा हाल्न सक्ने अवस्था नरहेको र नहाल्ने हुनाले नविकरण गर्दा बार्गेनिङ गर्ने एउटा माध्यम बनेको छ ।

यसबाहेक नविकरणको समयमा संचालकहरूको नामसारी , संस्थाको ठाउँ सारी , संचालकहरूको शेयर परिवर्तन जस्ता कुराहरू अनिवार्य र चुस्त , दुरुस्त हुनुपर्छ । धेरै संस्थाहरूमा संचालकहरू बीच धेरै बिबाद , शेयरको अस्पष्टता , लेखा विवरण दुरुस्त नहुने जस्ता कुराहरू हुन्छन् । यही अवस्था बिभागको प्रशासन शाखाका कर्मचारीहरूको लागि घुष असुल्ने गतिलो माध्यम बन्दै आएको छ । यसपटक पनि यही प्रकरण यहाँ दोहोरिरहेको छ। 

बिभागको प्रशासन शाखालाई मेनपावरको अनुगमन , गैरकानुनी कार्य गर्ने संस्थालाई जरिवाना , कारबाही मात्रै होइन संस्था खारेज वा बन्द गर्न सक्ने जस्ता अधिकारहरू पनि रहेको कारण मेनपावर संचालकहरूले संस्था नविकरणको लागि जसरी पनि घुष खुवाउनु पर्ने बाध्यता छ। अहिले प्रशासन शाखाको प्रमुखको रूपमा निर्देशक टिकाराम ढकाल कार्यरत छन् । उनी यसअघि बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा कार्यरत थिए । त्यसअघि उनी पालिकाहरू तिर कार्यरत थिए । हालका बिभागका महानिर्देशक कमल प्रसाद भट्टराईले नै निर्देशक टिकाराम ढकाललाई प्रशासनको मात्रै नभएर अनुगमन शाखाको पनि जिम्मेवारी दिएका छन् । काठमाडौ कार्यालय खारेजी भएर बिभागमा गाभिएसंगै महानिर्देशक भट्टराईले सरूवा भएर आएका ढकाललाई प्रशासन र अनुगमन शाखाको जिम्मेवारी दिएका छन् । 

बिभाग स्थित हाम्रो समाचारस्रोतले दिएको जानकारी अनुसार अहिले संस्था नविकरणको दररेट न्युनतम २५ हजार तोकिएको छ । १७ सय मेनपावर मध्ये सबै नविकरण नभए पनि र सबैले रकम नदिए पनि न्युनतम १२ सय नविकरण भए पनि २५ हजारको दरले ३ करोड रूपैयाँ उठ्ने देखिन्छ । १ हजार नविकरण भए २ करोड ५० लाख घुष वापतको रकम जम्मा हुने अवस्था रहेको छ । यो घुषको रकम बिभाग देखि मन्त्रालय सम्म पुग्ने बिभाग स्रोत बताउँछ ।

बैदेशिक रोजगार बिभाग भ्रष्टाचार र घुष खोरीको अखडा बन्दै गएको छ । घुष बाहेक यहाँ काम नहुने सेवाग्राहीहरू बताउँछन् । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहाँ स्ट्रिङ अप्रेसन वा यहाँ कार्यरत कर्मचारीको अकुत सम्पत्तिको छानबिन गरेर मुद्दा नबुझाए सम्म बिभाग भ्रष्टाचारको अखडा रहिरहने कुरामा बिबाद छैन ।

सम्बन्धित समाचार