आइजिपी साहेव यो अति भएन र ?

7k Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाका हालका एसपी नरहरि रेग्मी सायद २०७० सालतिर होला , प्रहरी निरीक्षक हुदा इलाका प्रहरी कार्यालय खजुरीको प्रमुख थिए । खजुरी प्रहरी निरीक्षकको लागि अति उत्तम पोष्टिङ मानिन्छ । किनकि यो तस्करीको नाकाको रूपमा चिनिन्छ । अतिरिक्त कमाई धेरै हुने भएकोले पनि यहाँ पोष्टिङ हुनका लागि प्रहरी निरीक्षकहरूमा टेण्डर हाल्ने प्रचलन नै रहेको छ । नरहरि रेग्मीले खजुरीको निरीक्षक हुदा बिरेन्द्र साहलाई घुमुवाको रूपमा परिचालन गरेका थिए । बिरेन्द्र साह त्यतिबेला हवल्दार थिए । हाकिमको लागि घुमुवा अति प्यारो मात्रै हुदैन कि अति बिश्वासिलो पनि हुन्छ । त्यसैले त भनिन्छ नि अति बिश्वासिलोलाई घुमुवा राख्ने र घुमुवा भएको प्रहरी हाकिमको धेरै नजिकको हुन्छ भन्ने कुरा । 
अहिले धनुषाको एसपी नरहरि रेग्मीले आफ्नो पुरानो र बिश्वासिलो तिनै घुमुवा बिरेन्द्र साहलाई फेरि पनि घुमुवाको रूपमा परिचालन गरेका छन् । अहिले असई दर्जामा पुगेका बिरेन्द्र साहलाई एसपी रेग्मीले घुमुवा कमान्डर बनाएका छन् । सिराहामा कार्यरत असई बिरेन्द्रलाई  प्रदेश प्रहरी कार्यालय मार्फत काज गराएर धनुषा ल्याई एसपी रेग्मीले घुमुवाको रूपमा परिचालन गरेका छन् । उनी करिब एक महिना देखि धनुषाको घुमुवाको कमान्डर छन् । 
धनुषाका ठूलाठूला तस्कर र माफियाहरूसंग उनको भेटघाटलाई निषेध गरिएको छ। उनले साइकल , मोटर साइकल , अटो , रिक्सा जस्ता साधनबाट भएको तस्करीको जिम्मेवारी पाएका छन् । ठूला कारोबारीहरूसंग भने डिएसपी बरूण सिंहले नै भेटघाट गर्ने गर्दछन् । बरूण सिंह प्रहरी निरीक्षक हुदा पनि प्रदेशको घुमुवा कमान्डर भएका थिए । यसबाहेक उनी धनुषामा यसअघि पनि पटकपटक बसेका कारण सबै कारोबारी चिन्ने भएकोले पनि एसपी रेग्मीले उनलाई ठूला कारोबारी भेट्ने जिम्मेवारी दिएका होलान् । जे होस् , आइजिपी साप अहिले धनुषामा नेपाल प्रहरीको राम्रो असुली धन्दा चलिरहेको छ । एकपटक छानबिन गर्ने कि ?

सम्बन्धित समाचार