नालामा हालेको अस्थायी पुलमा क्षति, कुनै पनि बेला गम्भीर दुर्घटना हुन सक्ने

13.7k Shares

काभ्रेपलाञ्चोक । नालामा केही दिन अगाडि ठूला ठूला मालबहाक सवारी साधन चलाइएका कारण पुल भासिन गई सो क्षेत्रमा सवारी साधन आवत जावत ठप्प भएको अवस्थामा अस्थायी रुपमा ह्यूम पाइप हाली लाइट सवारी साधन चल्न सक्ने बनाइए पनि भारी वर्षाका कारण पानीको वहाब बढेर फेरि सो पुलमा क्षति भएका कारण दुई पांग्रे सवारी साधन मात्र चल्न सक्ने अवस्थामा रहेको छ । 

pul 1 copy.jpg
बैकल्पिक राजमार्गको रुपमा रहेको बनेपा नगरपालिका वडा नं। ४ र १ को सीमास्थलमा रहेको पुल  क्षमताभन्दा बढी सवारी साधनको चाप र ठूला ठूला मालबाहक गाडी कुदाएका कारण भाँचिएको छ ।  बनेपा सांगा बाटो बिस्तारको लागि निर्माण कार्य भइरहेको कारण बनेपा, नाला भक्तपुर सडक भएर सो पुलबाट दैनिक हजारौं टिप्पर, ट्रक, सार्वजनिक यातायात संचालन हुँदै आएको थियो । यसरी उक्त बाटो भएर दैनिकी हजारौं गाड़ी गुड्दा उक्त पुलको क्षमता के अवस्थामा छ कतिसम्म यो पुलले थेग्न सक्छ भनेर राज्यको कुनै निकायको ध्यान नगएका कारण करुणामय, भगवती र मनकामना माइको शक्तिको  कारण गम्भीर दुर्घटना भई ठूलो क्षति हुन पाएन । बनेपा ४ र  १ को सिमानाको पुन्यमति खोलाको पुल भाचिएका कारण सो क्षेत्र भएर आवात जावत गर्ने सवारी साधनहरु चल्न सकेका छैनन् । सो क्षेत्र भएर चल्ने यतायात अबरुद्ध  भएका कारण यथा शिघ्र बैकल्पिक पुलको ब्यबस्थाको लागि भक्तपुर सडक डिवीजन कार्यालय लगायत राज्यको सम्बन्धित निकायहरुमा सो क्षेत्रमा जनताले ध्यानाकर्षण गराएका छन् । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ । 
स्थानीयका अनुसार ठूलो मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो । पुल भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो । यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो । ह्यूमपाइप हालेर अस्थायी रुपमा हिजो आइतबारबाट सञ्चालनमा ल्याइए पनि फेरि पानीको बहाव बढेका कारण ह्यूम पाइपमा क्षति भई हाल दुई पांग्रे सवारी साधन मात्र चल्ने अवस्थामा रहेको छ । यसले गर्दा दैनिक आवातजावत गर्न स्थानीयहरुलाई कष्टकर रहेको छ । यस्तो अवस्था देख्दा देख्दै पनि सम्बन्धित निकायले खासै चासो नदेखाएको र कुनै पनि बेला सो अस्थायी पुलबाट आवत जावत गर्ने दुई पांग्रे सवारी साधनको गम्भीर दुर्घटना भई ठूलो क्षतिसमेत हुनसक्ने स्थानीयले गुनासो पोखेका छन् । 
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए । जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ ।

सम्बन्धित समाचार