डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

6.1k Shares

डोटी । डोटीको आदर्श गाउँपालिका –१ मौवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

मौवाबाट सायल गाउँपालिका तर्फ जान लागेको जिप दुर्घटना भएको खड्काले बताए । जिपमा ८ जना सवारमध्ये दुई जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन्। त्यसमध्ये ३ जना गम्भीर घाइते भएका छन् ।  तीन जनाको मौवामै उपचार भइरहेको छ भने केहीलाई डडेलधुरा पठाइएको खड्काले बताए ।

‘घटना भर्खरै भयो, हामी घटनास्थलमै छौँ, मृतक सायद सायल गाउँपालिकाका हुन् भन्ने छ, आफन्तहरू आउँदैछन्, मृतकको पहिचान भएको छैन, घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ, हामी घाइतेलाई बचाउन लागिरहेका छौँ,’अध्यक्ष खड्काले भने।

 

सम्बन्धित समाचार