प्रिमियर लिगको आउँदो सिजनको पहिलो खेलमा लिभरपुल र बर्नमाउथ खेल्ने

13.5k Shares

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलको आउँदो सिजन २०२५/२६ को खेल तालिका सार्वजनिक भएको छ । नयाँ सिजन आउँदो अगस्ट १५ देखि शुरू भएर २०२६ मे २४ मा सकिनेछ ।

आउँदो सिजनको पहिलो खेलमा लिभरपुल र बर्नमाउथ एफसीले खेल्ने भएका छन् । यो खेल लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुनेछ ।

आउँदो सिजनमा ३३ सप्ताहन्त र पाँच मध्यहप्ता राउन्डमा ३ सय ८० खेलहरू समावेश छन् । यो सिजनको ईपीएल उपाधि लिभरपुलले जितेको थियो ।

तालिका हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

सम्बन्धित समाचार