याे राेग र त्याे राेग मात्रै भन्ने कि राेग लाग्नुकाे कारण खाेज्ने ?

13.5k Shares

- डी.बी.शाही ( उर्जा थेरेपिस्ट )

आज विश्वभरि सरसर्ती हेर्दा र बिश्वास पनि लाग्ने स्वास्थ्य सम्बन्धि गरिएका र गरिदै गरेका शाेध खाेज र अनुसंधानहरुले नदिकाे बालुवामा छानेर सुन खाेजे जस्तै मनुश्यकाे शरिरकाे एकएक अंगकाे गतिविधिकाे हिसाब राख्न सफल भएकाे देखिन्छ साथै एउटा मानव शरिरलाई स्वस्थ रहनकाे लागि अति आवश्यक भिटामिन,मिनरल र केमिकलहरु लगायत भ्याक्टेरियाहरु तथा तिनीहरुकाे उत्पादन अनि तिनीहरुकाे मात्रा बारे प्रष्ट छ । एउटा मनुश्यकाे शरिरलाई गतिशील बनाउने अंगहरुका बारेमा र तिनीहरुकाे कामबारे प्रष्ट छ । मस्तिष्क, मुट्टु, फाेक्साे, कलेजाे, किडनी लगायत प्रत्येक अंगकाे काम र उपयाेगिता बारे शतप्रतिशत जानकारी हासिल गरि सकेकाेछ । एउटा मान्छेकाे रगतकाे नेचर ( प्रकृति ) या बल्ड ग्रुप, रगतकाे गति, बल्ड प्रेसर, मुट्टुकाे धड्कन, अक्सिजनकाे गति, शरिरमा चिनीकाे मात्रा एउटा स्वस्थ शरिरलाई कति चाहिन्छ भन्ने कुरामा छर्लङ्ग छ, प्रष्ट छ । वर्तमान अवस्थामा आइ पुग्दा धेरै हदसम्म अब शरिरकाे चिरफार नगरेर पनि लेजर द्वारा अप्रेशन गर्ने प्रवृतिमा अग्रता हासिल गरिसकेकाे छ । एकएक राेग र त्यसलाई निर्मुल पार्न गरिने थेरेपी ,ओैषधी या शल्यक्रिया गर्न पनि सफल भैसकेकाे देखिन्छ तर विडम्बना कुनै पनि राेग निर्मुल भएकाे प्रमाण या निर्मुल नै गर्न सक्छाैं भनेर दावा सहित भन्न सकने कुनै आधार भेटिन्न , एकपटक राेग भन्ने लागि सके पछि आजीवन बाचुन्जेल त्याे राेग सन्चाे पार्ने ओैषधी सेवन गरिरहनु पर्ने, खाने कुराहरु बारी रहनु पर्ने, पटकपटक अस्पताल धाइ रहनु पर्ने, आजीवन स्वस्थ भएकाे अनुभुतिसम्म गर्न नसकिने हाे भने साँच्चै के त्यसलाई उपचार भन्न मिल्छ त ? बर्षाैंदेखि हामी राेगहरु खाेजी रहेका छाैं ती राेगहरु सन्चाे पार्ने उयाए र ओैषधी आविष्कार गरि सकेका छाैं तर एउटा राेगलाई पनि निर्मुल पार्न सकिएकाे कुनै प्रमाण भेटिन्न बरु नयाँ नयाँ राेगहरु आविष्कार गरिरहेका छाैं पत्ता लगाइ रहेकाछाैं। आजीवन सन्चाे नहुने सुगर र प्रेसर पत्ता लगायाैं । एचआइभी पत्ता लगायाैं, राेगका स्टेजहरु पत्ता लगायाैं पछिल्लाे केही बर्ष देखि जुन सम्स्याले अस्पताल जाँदा पनि अनिवार्य जाँच गर्नै पर्ने थाइराइड पत्ता लगायाैं । घुँडाकाे हड्डी बढेकाे, खिएकाे पत्ता लगायाैं तर त्याे हड्डी आवश्यक अवस्थामा ल्याउने उपाए खाैज्दै खाेजेनाैं कि पत्ता लगाउन सकेनाैं, धातुकाे प्लेट राख्ने उपाए भने पत्ता लगायाैं, मुट्टु, कलेजाे, फाेक्साे, किडनीलाई रिभाईभ गर्ने उपाए खाेजेनाैं कि पत्ता लगाउन सकेनाैं तर फेर्ने उपाए भने पत्ता लगायाैं । तर जे हाेस काम काज केही गर्न नसके पनि ओैषधीकाे भरमा लामाे समय बाँच्न सफल भएकाे भन्ने भनाई वास्तविकता हाे कि भ्रम ? साँच्चैमा बिश्लेषण गर्ने हाे भने अहिले प्रचार प्रसारमा बर्षातका च्याउ जस्तै उम्रिएका स्वास्थ्य उपचारका ओैषधी र विधिहरु स्वास्थ्यलाई मध्यनजर राखेर गरिने गरेकाे र निर्मुल पार्ने सन्चाे पार्न नसके पैंसा फिर्ता गर्नेसम्मका विज्ञापनले आज सामाजिक संजाज साँच्चै संजाल भएकाे छ । ९९% ग्यारेन्टी तर १% भन्न नसकिने भन्ने गरेकाे पाइन्छ । साेचाै त्याे १% मात्रै गयाे भने त जीवन नै गयाे । वास्तवमा मानव समाजलाई सुन्दर र त्याे समाज चलाउने मान्छेलाई स्वस्थ तन्दुरुस्त देख्न चाहने विचार छ भने मानव जीवन र उसकाे दैनिकीलाई % मा ताेल्ने काम नगराैं बरु राेगहरु या मानव शरिरमा देखापर्ने समस्याहरकाे कारण पत्ता लगाउने उपाय खाेजाैं ? यदि राेग लाग्ने कारणलाई माइनस गरेर राेगहरुकाे असरबारे आम नागरिकलाई आतंकित बनाएर दवाइ कम्पनिकाे इन्कम बढाउने फाेहरी ग्याम खेल्ने शैलीकाे , सरकार, स्वास्थ्य संस्था,स्वास्थ्यकर्मी,सामाजिक अभियन्ता,मिडिया ,पत्रकार सबैले एउटै स्वर विश्व स्वास्थ्य संगठनकाे स्वरमा हाेस्टेमा हैसे गर्दै जाने हाे भने मनुश्यकाे स्वयंकाे युम्युनिटी पावर तथा उसकाे बाँच्न पाउने अधिकारकाे लगाम यमराजकाे हातबाट खाेसिएर भाेलिकाे दिनमा केवल ट्याब्लेट र अस्पताकाे दास बनेर खल्ती भारी हाेउन्जेल मात्रै जिउने अधिकारमा सिमित रहन बाध्य हनु पर्ने अवस्थालाई कसैले राेक्न सक्ने सम्भावना कतै देखिन्न ? 

आज भन्दा आठ बर्ष पहिले नेपाल स्वास्थ्य अनुसन्धानकाे रिपाेर्टकाे आधारमा एउटा नेपाली टेलिभिजनले प्रसारण गरेकाे समाचारमा विश्वका अन्य राष्ट्रहरुमा मुसा,बाँदर र भ्यागुत्ताेमा परिक्षण गरिने भ्याक्सिन र ओ‌षधी नेपाली बालबालिकामा गरिने गरेकाे समाचार अहिले पनि हेर्न सकिन्छ ? विश्व स्वास्थ्य संगठनले कस्ताे बदमासी गर्दाे रहेछ भन्ने कुरामा न हाम्रा अस्ताललाई चासाे छ ,न जनस्वास्थ्यकाे ठेक्का लिएर बसेका बिदेशी फार्माका दास डाक्टरहरुलाई चासाे छ, न मिडिया, न सामाजिक अभियन्ता, न पत्रकार, न अधिकारकर्मी, न सरकार, न साधुसंत,न जनतालाई नै चासाे छ । विश्वस्वास्थ्य संगठनकाे दलाली र कमिशनमा नै बिपन्न,अविकसित राष्ट्रका जनताकाे दैनिकी,गास,बास र कपाससंग तथा स्वास्थ्य संग मनलाग्दी खेल्ने गरेकाे प्रमाण नेपाल स्वासथ्य संगठनकाे त्याे रिपाेर्टले प्रष्ट पारेकाेछ । काेराेनाकाे हल्ला फैलाउदै संसार भरि आम नागरिकमा आतंक फैलाउने बिश्व स्वास्थ्य संगठनकाे कथित हाउगुजीकाे बिरुद्ध उभिएका र जनतालाई काेराेनाकाे नाममा गरिने टेस्ट र उपचार तथा भ्याक्सिनकाे दीर्घ कालिन नकारात्मक असरबारे अलिकति सचेतसम्म पनि नगराएर ,राेग सन्चाे पार्नु भन्दा पनि धन कमाउने भाँडाेकाे रुपमा चाहै त्याे जुनसुकै पद्धति हाेस , एलाेपेथी हाेस , हाेमाेपेथी हाेस, आयर्वेद जडिबुटी हाेस, धामी झाँक्रीहाेस ,तन्त्रमन्त्र हाेस ,ज्याेतिषी हाेष या अन्य प्राकृतिक चिकित्सा भनेर मनलाग्दी गरिने एक्सरसाइज हाेस या खानपान बार्ने हाेस , डाइटिसियन र न्युट्री सियनका उपाएहरु मनुश्यकाे शरिरकाे नेचर नजानेर गरिन्छ भने त्यसले जति गरेपनि केही काम गर्दैन । जजसले जुनसुकै विधिकाे वकालत गरे पनि शतप्रतिशत सफलता पाएकाे कुनै पनि विधिमा अहिलेसम्म किटान गरेर भन्न सकिने अवस्थामा पुग्न सकेकाे देखिन्न । प्रश्न गर्ने मान्छेलाई त्यसकाे उत्तर त अवश्य थाह हुन्छ नै भने राेगहरु पत्ता लगाउने जुनसुकै विधि हाेस त्यसका आविष्कारक या त्याे विधि अपनाउने वा प्रयाेग गर्नेहरुलाई बिभिन्न राेगहरुकाे सम्पूर्ण नालीवेली थाह हुँदाहुँदै पनि राेग किन पूर्ण रुपमा सन्चाे हुन सक्दैन ? यहाँ याे लेखकाे नियती कसैकाे विराेध या कसैलाई खराब छ ,त्यसकाे असर पुरै नकारात्मक छ भन्न खाेजिएकाे अवश्य पनि हाेइन । अब हामीले राेगहरु तथा ती राेगहरुकाे नेचर र उपचार पद्धति एवं ओैषधीहरु सफलता पूर्वक पत्ता लगाइ सकेका छाैं तर कहाँ नेर चुक भयाे आम मनुश्यलाई शतप्रतित स्वस्थ बनाउन ,राेगहरु निर्मुल पार्न कुन कुराले बाधा अड्चन पुर्याएकाे छ ,राेगहरु घट्दै जानु पर्ने अवस्थामा झन्झन् नयाँनयाँ राेगहरु फैलिदै गरेकाे कुरा स्वयं स्वास्थ्य सम्बन्धि शाेध खाेज र अनुसंधान गर्ने बैज्ञानिक,चिकित्सक या अन्य विधि अपनाउने सबैकाे भनाइ एउटै छ । नयाँनयाँ राेगहरु फैलिने र पुराना राेगहरु पनि बढेकै देखिन्छ । अहिलेसम्मकाे चिकित्सा पद्धतिकाे इतिहास र काम हेर्दा एउटा नेपाली उखान "घुमी फिरी रुम्जाटार" भने जस्तै भन्न सकिने देखिन्छ ?

सरसर्ती हेर्दा चिकित्सा पद्धतिमा अत्यन्त सफल हुदै आफ्नु अन्तिम लक्षमा लगभग लगभग पुगेकाे जस्ताे देखिए पनि समस्या त पहरा जस्ताे जहाँ थियाे त्यही देखिन्छ भने अब संसारभरिका सम्पूर्ण स्वास्थ्य सम्बन्धि शाेधखाेज गर्ने बैज्ञानिक, चिकित्सक, अभियन्ता, मिडिया, पत्रकार, राइटर सबैले अब आइन्दा नयाँ नयाँ राेगहरु खाेज्नुकाे साटाे, राेगलाई सन्चाे पार्ने ओैषधी र विधिहरु खाेज्नुकाे साटाे राेग किन लाग्छ भन्ने कारणहरुकाे खाेजीमा आफ्नु शाेध खाेज र अनुसन्धानकाे दायरा बढाउने हाेकि ? प्रकृतिकाे नियमले भन्छ चाहे जुन सुकै समस्या हाेस त्यसकाे समाधानकाे उपाए तबसम्म काम गर्न सक्दैन या सफल हुन्न जबसम्म सर्वप्रथम समस्याकाे कारण थाह हुन्न त्यस्तै राेगहरु पनि राेग पत्ता लगाएर त्याे राेगकाे ओैषधी सेवन गराएर या अन्य विधि गरेर कहिलै निर्मुल पार्न सकिन्न जबसम्म त्याे राेग लाग्नुकाे कारण खाेजिन्न ? त्यसैले स्वस्थ हुने या स्वस्थ पार्ने सबै मनुश्यले एउटा कुरा अत्यन्त गम्भीर भएर साेच्नै पर्ने वेला आइ पुगेकाे छ कि राेग लागेर ओैषधी या अन्य विधि अपनाएर स्वस्थ रहने या राख्ने अभ्यास गर्नु भन्दा पनि राेगलाई स्वस्थ शरिरमा प्रवेष गर्नै नदिउ । त्यसकाे लागि धेरै ठुलाे र खासै मेहनत पनि केही गर्नु पर्दैन केवल प्रकृतिले फ्रिमा दिएका नियमहरु मात्रै पालान गरे पुग्छ ।

सम्बन्धित समाचार