मृत अवस्थामा फेला

8.8k Shares

काठमाडौं, १२ जेठ । भक्तपुर, सूर्यविनायक नगरपालिका-३ बालकोट बृहस्पति मार्ग डेरा गरी बस्ने जाजरकोट घर भएकी ५० वर्षीया रोशनी शाही आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ कुडियास्थित रामजानकी मन्दिरको छेउमा भारत गोरखपुर गुलेरिया थाना एक्ला बस्ने ४५ वर्षीय राजेश चामार आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१० चेत्रादेही बस्ने २२ वर्षीय राजन कुर्मी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार