चट्याङ लागेर मृत्यु

6.9k Shares

डोटी, ६ जेठ । पूर्वीचौकी गाउँपालिका-२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको चट्याङ लागेर
सोमबार बेलुकी मृत्यु भएको छ ।

आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै चट्याङ लागेर घाइते भएकी १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार