7.4k
Shares
काठमाण्डौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० मा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
लहानबाट काठमाण्डौ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस सडकमा भएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
बसमा ३९ जना यात्री रहेकामा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते सबैको अवस्था खतरामुक्त छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।