एमएम कप : एपीएफद्वारा बागमती पराजित

6.7k Shares

बिराटनगर । बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) विजयी भएको छ।

WhatsApp Image 2025-04-27 at 12.04.57_a5a58cb9.jpgबैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा जित दर्ता गर्ने क्रममा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्यो। बागमती प्रदेशले दिएको ८१ रनको लक्ष्य एपीएफले ९. ४ ओभरमा २ विकेट गुमाएर भेटायो। 

WhatsApp Image 2025-04-27 at 12.22.27_dc6b9d5d.jpgलक्ष्य पछ्याउने क्रममा एपीएफ ओपनर दिपक बोहराले सर्वाधिक ४८ रन बनाए। अविजित रहँदै बोहराले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान सुमित महर्जनले अविजित १८ रन बनाए जुन क्रममा १३ बलमा २ चौका र १ छक्का प्रहार गरे। बागमतीको बलिंगमा अशिम श्रेष्ठले २ विकेट लिए। 

यस अघि टस हारेर ब्याटिंग गरेको बागमती प्रदेशले १९. ३ ओभरमा ८० रनमा सबै विकेट गुमायो। बागमतीका कप्तान रित गौतमले सर्वाधिक ३१ रन योगदान दिए भने बिबेक राना मगरले १३ तथा उत्तम थापा मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

एपीएफको बलिंगमा दायाँ हाते मिडियम पेसर प्रकाश जैसीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा उनले ५ ओभरमा १ मेडन गर्दै ३५ रन खर्चिए। देब्रे हाते स्पिनर अभिशेस गौतमले ३ विकेट लिए जुन क्रममे ३. ३ ओभरमा १ मेडन ओभर गर्दै ७ रन मात्र खर्चिए। भोजराज भट्टले २ तथा दिवान पुनले १ विकेट लिए। 

प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ आर्मीसंग २ विकेटले पराजित भएको थियो।

समुह 'ए' अन्तर्गत अन्तिम खेलमा सोमबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुनेछ। आर्मी विजयी भए समुह विजेताको रुपमा फाइनल प्रवेश गर्नेछ। यदी बागमतीले आर्मीलाई पराजित गरेको खण्डमा भने नेट रन रेटमा तिन टिम मध्ये उत्कृस्ट हुने टिम अघिल्लो चरण प्रवेश गर्नेछ।

प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा शशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्। समुह ‘बि’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन्।

प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

WhatsApp Image 2025-04-27 at 12.05.03_40759c66.jpgWhatsApp Image 2025-04-27 at 12.05.03_40759c66.jpg491957835_1178655720619854_5092778483954791270_n.jpg

सम्बन्धित समाचार