काठमाडाैँ । मिति २०८२।०१।०७ गते अ. २१:१५ बजेको समयमा जिल्ला रामेछाप, खाँडादेवी गा.पा ७ घर भई जिल्ला काठमाडौं, शंखरापुर न.पा ९ सानागाउँ स्थित डेरा गरी बस्ने वर्ष ५८ को पदम बहादुर तामाङले धारिलो हतियार प्रयोग गरी निजको श्रीमती वर्ष ४५ की पुतली माया तामाङको हत्या गरेका छन् ।
साथै छोरा रिदम घिसिङ र छोरी संजिता घिसिङलाई घाइते बनाई फरार रहेको थिए । उक्त घटनामा यस कार्यालय समितीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटसंग समन्वय गरी निजलाई जिल्ला नुवाकोट, शिवपुरी गाउँपालिका वडा नं. १ तलाखुबाट नियन्त्रणमा लिएका छन् ।
पक्राउ परेका रामेछाप जिल्लाका खाडादेवि गा.पा ७ घर भई हाल जिल्ला काठमाडौं, शंखरापुर न.पा ९ सानागाँउ बस्ने ५८ वर्षे पदम बहादुर तामाङ हुन् । उनबाट १ थान धारीलो हतियार बरामद भएकाे छ ।
उनलाइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भइ आवश्यक अनुसन्धान भइरहेको छ ।
