जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

6.1k Shares

मोरङ, १० वैशाख । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी खडक नगरपालिका-९ बस्ने ३१ वर्षीय विष्णुदेव मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

मण्डलले ती किशोरीलाई ग्रामथान गाउँपालिका-१ स्थित मसलाको घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार