मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै

9.6k Shares

काठमाण्डौ – मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ । तनहुँको व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ ।

चालू आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सक्ने गरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन सडक कालोपत्र भएको छ ।

सम्बन्धित समाचार