10.6k
Shares
डी. बी. नेपाली
फागुन ७ गतेकाे राजाकाे संदेश पछि नेपालमा राजसंस्थाकाे स्थापना र हिन्दुराष्ट्र कायम गर्ने आम नेपाली जनतामा एउटा माहाैल बनेकाे र फागुन २५ गते राजा पाेखराबाट फर्के पछि उनकाे स्वागतमा देखिएकाे जनताकाे चाहना र जनलहर देखेर अत्यन्त त्रसित गणतन्त्रवादी र राजा ल्याउने भन्ने शब्द मात्रै बाेकेर आफ्नु राजनीतिक अभिष्ट पुरा गर्न खाेज्ने शक्तिहरु पनि नेपालमा फेरि राजतन्त्र स्थापना भयाे भने सत्तामा भागिदार हुने अवसर पाए पनि राष्ट्रीय ढुकुटीमा आजीवन रजाइ गर्न नपाउने डरले स्वयं राजावादी नै राजालाई बैशाखी बनाएर सत्तामा सहभागी भै रहने तर राजतन्त्र स्थापना गर्न चाहन्नन् कि भन्ने आशंका गर्ने ठाँउ प्रशस्तै देखिन्छ,अनुमान गर्न सकिन्छ । यिनीहरुकाे चरित्र त राजतन्त्र फाल्दा नै देखि सकिएकाे थियाे र अंझ राजातन्त्र मास्ने र हिन्दुराष्ट्र मास्ने व्यवस्थालाई स्वीकार गरेर त्यसमा भाग मागेकाे प्रष्ट छ ।काेही काँग्रेसमा विलय भए भने कसैले एमालेकाे चुनाव चिन्न सूर्य बाेकेर चुनाव लडेकाे कसैबाट लुकेकाे छैन भने कतै राजा स्वयं पनि राजतन्त्र स्थापना हुन सकेन भने राष्ट्र छाेड्नु पर्ने र सम्पति पनि लुटिन्छ कि भन्ने डरले राजतन्त्र स्थापना नगर्ने मानसिकताका शिकार त भएका छैनन् ? बरु गणतन्त्रवादीहरुले नै हत्या, लुट,भ्रष्टाचार, तस्करी, कमिशन र राष्ट्रमा कुशासन कायम गरेर आम नेपाली जनतालाई याे संघीय गणतन्त्र नेपालकाे लागि ठिक छैन ,हिजाे जनताका करबाट केवल एउटा राजा पालिएका थिए भने आज राष्ट्र टुक्राटुक्रा पारेर हजाराैं राजा महाराजा पाल्नु भन्दा एउटै राजा ठिक छन् भन्ने अवस्थामा पुगेकाे देखिन्छ । सबै युवाहरु खाडी मलेसिया पठाएर उनिहरुकाे रगत पसिनाबाट आएकाे रेमिटेन्स र जनता माथि कैयाैं प्रकारका कर थाेपारेर बिदेशीहरुसंग अनुदानकाे भिख मागेर माैजमस्तीकाे जीवन जिउने,लुटन सके लुट हजाराैं महाराजा पालेर देश टाट पल्टाउनु भन्दा राजा नैै ठिक छ राजतन्त्र नै ठिक छ भन्ने वातावरण यिनै गणतन्त्रवादीले बनाएका हुन र अंझ बनाउदै छन् ।जनचाहना, राष्ट्रकाे हीत विपरित जसले पनि भिलियन बन्ने अहंकार पालेर आफुलाई मात्रै सर्व शक्तिशाली ठान्ने भुल धेरै महंगाे हुन सक्छ भन्ने कुरा बुझेन भने कुनै पनि तन्त्र लामाे समयसम्म जीवित रहन सक्दैन । कतै कतै गाेहीकाे आँसु पनि पाेख्दै छन् । कति बर्ष बिति सके यिनीहरुले सिंगापुर बनाउने, देशमा सुशासन कायम गर्ने,कति बर्ष र कति पटक गल्ती स्वीकार गर्ने भनि सके तर सत्ता भत्ता पाउने र चुनाव जित्ने वाहेक यिनीहरुसंग अर्काे कुनै एजेन्डा नै छैन । कुकुरकाे पुच्छर जति बर्ष ढुङ्ग्राेमा राखे पनि साेझाे हुनै सक्दैन । यिनीहरुकाे रगरगमा तस्करी, कमिशन र राष्ट्रीय ढुकुटी लुट्ने नशा फैली सकेकाेछ । गणतन्त्रवादीहरु ब्यापारी बाेकेर उनिहरुका गाेटी बनेका छन भने राजा स्वयंमा पनि राजनीति भन्दा ब्यापारिक चरित्र हावी छ जस्ताे लाग्छ । जुन ब्यक्ति हिजाे राजतन्त्र फालिदा एक शब्द पनि चुंइक्कसम्म नगरेकाहरुलाई नै बाेकेर हिंड्नुले कुशल शासककाे गुण देखिदैन । राजाआउ देश बचाउ भनेर कुनै लाेभ लालच विना राजसंस्था र हिज्दुराष्ट्र कायम गर्नु पर्छ भनेर स्व:त फुर्त सडकमा आउने सच्चा देशभक्त जनताकाे विचार बाेकेका जनतालाई वास्ता नगरेर तिनै हिजाे राजतन्त्र फाल्ने कारक बनेका सत्ता र भत्ताका लाेभीहरु बाेकेर उनैलाई कमाण्डर बनाएर, उनै माथि विश्वास गर्नुकाे परिणाम आज चुचुराे छुन लागेकाे आन्दाेलन फेदमा झरेकाे छ ।खासमा भन्ने हाे भने अहिलेकाे जनआन्दाेलनकाे स्वरुप राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने सम्पुर्ण शक्तिलाई साजा सवालमा र एजेन्डा एउटै छ भने, छुट्टाछुट्टै बाँडिएर राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न सकिन्न तर राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न सबै मिलेर एउटै धारमा आउन नसके पनि संयुक्त माेर्चा बनाएर जानु पर्छ भन्ने धारणा बाेकेर झापाबाट राष्ट्रीय संयुक्त माेर्चाका संयाेजक रामचन्द्र बानिया क्षेत्री कात्तिक २०८१ काे अन्तिम साता तिर काठमाडाै आएर लाेकेन्द्र बहादुर चन्द, कमल थापा, राजेन्द्र लिङ्देल, पशुपति शम्मरशेर,धवल शम्शेर लगायत सम्पुर्ण राजसंस्था र हिन्दुराष्ट्र चाहने दल तथा अन्य स्वतन्त्र ब्यक्तित्व लगायत नेकपा मालेका महासचिव सी.पी. मैनाली तथा अन्य कम्युनिष्ट नेता काँग्रेर, एमाले र माओवादीका पनि कतिपय रुष्ट नेताहरलाई एउटा मञ्चमा ल्याएर याे वातावरण तयार पार्नमा उनकाे महत्वपूर्ण याेदान रहेकाे देखिन्छ तर कतिपय दलका नेताहरु आफुलाई छुट्टाछुट्टै राजाकाे नमक हलाल बन्ने काेशिसले एउटै मञ्चमा आउन सकेनन् जसकाे परिणाम अहिले प्रष्ट देखियाे ।२५ गतेकाे जनलहर देखेर बल्लबल्ल एउटा समुह बनाए तर समुहकाे नेता कसलाई बनाइयाे । हिजाे कतै उपस्थिति नजनाएकाे,कतै सार्वजनिक ठाँउमा नदेखिएकाे ब्यक्ति आन्दाेलनकाे कमाण्डर बनाउनु पनि ठुलाे भुल हाे जस्ताे लाग्छ ।अर्काे कुरा आन्दाेलन उत्तेजित हुनमा सरकार र दुर्गा प्रसाइकाे भुमिका प्रष्ट देखिन्छ । जेहाेस ज जसकाे गल्ती कमजाेरी भए पनि राजावादीकाे आन्दाेलन साँप सिढीकाे खेल जस्तै टुप्पामा पुगेर फेरि जिराेेमा झरेकाे छ । सगरमाथाकाे चुचुराे छुन लागेकाे आन्दाेलन झापाकाे केचनकवल पुगेकाे छ । अब अंझै केही बर्ष झुट,लुट,तस्करी,हत्या र कमिशनले पुनर्जीवन पाएकाे छ । युवाहरु बिदेशीने चलन अंझै बढने देखिन्छ । अब SEE सकेका लाखाैं युवाहरु पास्पाेर्ट र भिसाकाे लाइनमा लाग्ने अवस्था सिर्जना भएकाे छ । अंझदडर लाग्दाे र राष्ट्रकाे लागि घातक कुरा के देखिन्छ भने कतै लेन्डुप दाेर्जेकाे पुनर्जन्म नेपालमा हुने त हाेइन ?देश जाेगाउनु छ भने अब राष्ट्र र राष्ट्रीयता बचाउने हाे भने एउटा शक्तिले अर्काे शक्तिलाई चिहानमा जली सकेकाे लास भनेर अर्काेले अर्काे शक्तिलाई बिदेशीकाे दलाल ,दास भनेर आपसमा लडीरहने हाे भने याे देशलाई बचाउन कसैले सक्ने छैन ? गणतन्त्रवादी हुन या राजावादी याे देशकाे अस्तित्व जबसम्म रहन्छ तिमीहरुकाे अस्तित्व पनि तबसम्म मात्रै हाे ? आजीवन नेता बन्ने र माैज मस्तीकाे सपना बाेकेर सिक्किमलाई विलय गराउने लेन्डुप दाेर्जेकाे जीवन सिक्किम विलय गरिसके पछि कालिम्पाेङ्काे एउटा विकट गाँउमा कुन हालतमा र कस्ताे दयनीय अवस्थामा बित्याे भन्ने कुरा हाम्रा नेताहरुलाई थाहा हुनु पर्ने हाे ? शायद त्याे कुरा थाहा पाएर नै हाेला आजीवन भत्ता र सुविधा पाउने नियम बनाउन लागेकाे पनि तर जबसम्म अस्थाइ सरकारकाे चलन बाेकि रहन बाध्य हुन्छ देश जति कानुन बनाए पनि खासै उपयाेगिता हुन्न । अब नेपाली जनताले काँग्रेस, कम्युनिष्ट, राजावादी र स्वतन्त्र हाेइन सर्व प्रथम नेपाली बन्न सक्नु पर्छ र नेपालकाे इतिहास र नेपाललाई बचाइ राख्न राजावादी,लाेकतन्त्रवादी, गणतन्त्रवादी सबैले चिलेर हाेइन मिलेर जान सक्नु पर्छ । लाेतन्त्रवादी हुन, गणतनत्रवादी हुन या राजावादी सबै नमिलेसम्म याे देशकाे उन्ति हुन सक्दैन, राजनैतिक स्थाइत्व र सुशासन कायम हुन सक्दैन । राजनीतिका हिस्सेदार सम्पपूर्ण शक्ति मिल्नै पर्छ । विचारहरु परिवर्तन नगरेर जतिसुकै व्यवस्था र सत्ता परिवर्तन गरे पनि देश र जनताले केही पाउनेवाला छैनन् ।