पुष्पा २ पछि सबैभन्दा महँगो अभिनेता बने अल्लु अर्जुन

14.2k Shares

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा २ बक्स अफिसमा हाई लेभलको ‘बेन्चमार्क’ स्थापित गरिदिएको छ । यो ऐतिहासिक सफलता पछि अभिनेता आफ्नो अर्काे फिल्म लिएर चर्चामा आएका छन् । अल्लु अर्जुनको यो फिल्म ‘पठान’ निर्देशक एटलीले बनाउँदैछन् ।

यसको नाम हाललाई ‘ए ६’ राखिएको छ । फिल्मबारे नयाँ अपडेट आएको छ । नयाँ अपडेटका अनुसार अल्लु अर्जुनले निर्माताहरूबाट फिल्मबाट ठूलो रकम लिएका छन् । यो पारिश्रमिक लिएपछि उनी भारतको सबैभन्दा महँगो अभिनेता बनेका छन् । 

अल्लु अर्जुन र एटलीको यो फिल्म बीएफएक्सले भरिपूर्ण ठूलो बजेटको फिल्म हुनेछ । फिल्म रिलिज भएको छैन । तर अभिनेताले यसमार्फत पहिले नै ठूलो रेकर्ड बनाएका छन् । सेलिब्रेटी फ्यान पेजका अनुसार अल्लु अर्जुनले ‘ए ६’का लागि १०० वा १५० करोड भारु नभएर १७५ करोड भारु लिएका छन् । यस फिल्मबाट उनी आज भारतमा सबैभन्दा धेरै पैसा लिने अभिनेता बनेको खबरहरू छापिएका छन् । 

सम्बन्धित समाचार