आगलागीमा परी तीन वर्षीया बालिकाको मृत्यु

9.2k Shares

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ । 

मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए । 

आगलागीपछि हराएका भनिएका अर्का बालक भने भेटिएको उनले बताए । उनका आगलागीबाट १२ घर परिवारको १६ वटा घर/ छाप्रा जलेका छन् ।

हाल आगलागी नियन्त्रण भएको चिमरियाले बताए । साना छाघर र परालको माचसमेत घरकै उेउमा रहेकाले आगोले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार