तीनतिर फर्किएका ओली, देउवा र प्रचण्डबीच गम्भीर छलफल

10.3k Shares

काठमाडौं । संवैधानिक राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजावादी पक्षधरहरू सक्रिय बनेपछि तीनतिर फर्किएका प्रमुख दलका शीर्ष नेताहरू सघन छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गम्भीर छलफल भएको छ ।

सोमबार प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डसँग छलफल गरेका छन् । सोमबार बिहान छलफल गरेका यी तीन नेताका बीचमा दिउँसो फोनमा समेत संवाद भएको थियो । साथै, सोमबार साँझसमेत यी तीन नेताबीच भेटघाट तय भएको थियो । तर, प्रचण्ड साँझको भेटघाटमा पुगेनन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच मात्रै भेटघाट भयो ।

पछिलो समय राजावादीहरूको सक्रियता बढेसँगै त्यसलाई कसरी प्रतिवाद गर्ने भन्ने ’दयगतमा नेताहरूबीच छलफल भइरहेको छ । ‘अहिले सडकदेखि सदनसम्म राजावादीहरू सक्रिय भएका छन्,’ बालुवाटार स्रोतले भन्यो, ‘पूर्वराजाले राजसंस्था पुनस्र्थापनाका लागि अपिल गरेदेखि राजावादीहरूले केही न केही गरिरहेका छन्, त्यसै विषयमा नेताहरूका बीचमा छलफल, भेटघाट भइरहेको छ ।’

राजसंस्था कुनै हालतमा नफर्किने भन्दै ठूला राजनीतिक दलका नेताहरूले सार्वजनिक रूपमा प्रतिवाद गर्दै आएका छन् । साथै, पार्टी बैठकबाट त्यसलाई प्रतिवाद गर्नेदेखि पूर्वराजा ज्ञानेन्द्र शाहलाई बढी चुरीफुरी नदेखाउन प्रमुख दलका नेताहरूले चेतावनीसमेत दिइरहेका छन् ।

यसैबीच, एमालेले मुलुकलाई अलोकतान्त्रिक दिशामा फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय सचिवालयले विशेष प्रस्ताव पारित गर्दै प्राप्त उपलब्धिलाई अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने जस्ता गतिविधि स्वीकार्य नहुने जनाएको छ ।

सोमबार बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकसित समसामयिक राजनीतिक विषय तथा सरकारका कामका ’दयगतमा जानकारी गराएका थिए ।

‘मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ, लोकतन्त्र स्थापनापछिको छोटो समयमै नेपालले महŒवपूर्ण प्रगति हासिल गरेको छ, सशस्त्र द्वन्द्व, लामो संक्रमणकाल र भूकम्पलगायत अनेकौं प्राकृतिक विपत्तिका बीचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवनस्तर, अन्तर्राष्ट्रिय सम्बन्धलगायत क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि महŒवपूर्ण छन्, गर्नुपर्ने कामहरू धेरै बाँकी छन् तर उपलब्धिलाई अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने एवं त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन सक्दैन,’ सचिवालय बैठकबाट पारित विशेष प्रस्तावमा उल्लेख गरिएको छ ।

यस्तै, एमालेले आमजनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानवअधिकारको महŒवलाई गम्भीरतासाथ आत्मसात गर्न, निरंकुशकालमा अधिकार खोसिँदाको पीडालाई अनुभूत गर्न, साढे दुई शताब्दी हाराहारी लामो राजतन्त्रको एकछत्र शासनकालमा मुलुकको अवस्था कस्तो थियो भन्ने तुलनात्मक अध्ययन गर्न आह्वानसमेत गरेको छ ।

यसैगरी, सोमबार नै बसेको नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०ले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौंलाई उतार्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले १५ चैतमा काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गर्ने विरोधसभालाई सफल बनाउन हजारौंलाई उत्रार्नेसहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो । आजको राजधानी दैनिकबाट

सम्बन्धित समाचार