तरकारीमा विषादी बढ्यो : परीक्षण सामग्री र जनशक्ति अभाव

10.2k Shares

काठमाडौँ । बाली बिरुवाहरूमा लाग्ने विनासकारी प्राणीहरूमा कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शंकेकीरा, मुसा, चरा, अवान्छित झारहरू तथा रोग लगाउने सूक्ष्म जीवाणुहरू जस्तैः ढुसी, ब्याक्टेरिया, भाइरस, आदि मार्न विषादी प्रयोग गरिन्छ । 

यी प्राणीहरूलाई नास गर्न प्रयोग गरिने रासायनिक वा जैविक पदार्थलाई प्राणीनासक विषादी भन्ने गरिन्छ । बाली बिरुवालाई हानि नोक्सानी पुर्‍याउने विनाशकारी प्राणीहरूलाई यथोचित व्यवस्थापन गर्न विषादीहरू तयार गरिएका हुन् । तर तिनीहरूको प्रयोगमा सावधानी नअपनाएमा वा उचित रूपमा उपयोग नगरिए यसले उपयोगकर्ता, अरू मानिस, घरपालुवा पशुहरू, वन्यजन्तुहरू र लाभकारी कीराहरूलाई समेत हानि गर्छ । साथै वातावरणलाई समेत नोक्सान गर्छ । यी विषादी सुरक्षित तरिकाले प्रयोग हुन नसके हाम्रो भान्सामै पुग्छन् ।

सरकारले कृषिबालीमा प्रयोगका लागि १ सय ६४ वटा प्रकारका विषादी प्रयोग अनुमति दिएको छ । तर यसमध्ये कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी मात्रै जाँच हुने गरेका छन् । यो समूहमा १२ वटा विषादी पर्ने केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ । 

देशभरका खेतबारीमा प्रयोग भइरहेका १ सय ६४ प्रकारका विषादीमध्ये १ सय ५२ प्रकारका विषादीको जाँच नै हुन सकेको अवस्था छैन ।

नेपालमा प्रयोग गरिने विषादी दर्ता त धेरै छन्, तर परीक्षण भने केही मात्र हुँदा आफैँले सुरक्षित मापदण्ड हुनुपर्ने अपनाउनुपर्ने बाध्यकारी अवस्था छ । 

सम्बन्धित समाचार