विपन्न परिवारलाई घर निर्माण गर्दै बर्दियाको ठाकुरबाबा नगरपालिका

8.7k Shares

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकामा विपन्न परिवारका लागि ९ वडामा १ सय २ घर निर्माण कार्य शुरू भएको छ ।

विपन्न घरपरिवारका लागि निर्माण हुने घरमध्ये हरेक वडामा १ जना अपाङ्गता भएका परिवारका लागि बन्ने नगरपालिकाले जनाएको छ ।

विन परियोजना र स्थानीयवासीको साझेदारीमा ऊर्जा प्रभावकारी र वातावरणीय मैत्री भवन निर्माण भइरहेको ठाकुरबाबा नगरपालिकाकी उपमेयर विना कुमारी भट्टराईले जानकारी दिनुभयो ।

गर्मीमा चिसो, चिसोमा न्यानो हुने र बिजुलीसमेत कम खपत हुने घरहरु यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न भइसक्ने उपमेयर भट्टराईले बताउनुभयो ।

अपाङ्गता भएका ९ घरपरिवारका लागि  ३ लाख ७५ हजारमा उर्जा प्रभावकारी भवन निर्माण हुने र अन्य ९३ घरपरिवार विपन्नका लागि १ लाख ७५ हजार रुपैयाँमा पालिकाको सहयोग र साझेदारीमा निर्माण हुने मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार