पर्वतमा ८७ करोड मूल्य बढीको आलु उत्पादन हुने आङ्कलन

9.1k Shares

कुश्मा,पर्वत । पर्वतमा गत वर्षभन्दा यस वर्ष मौसम अनुकूल र पकेट क्षेत्र समेत वृद्धिका कारण आलु उत्पादनको परिमाण वृद्धि हुने देखिएको छ । 

आलु उत्पादनमा आत्मनिर्भर रही अन्यत्र निर्यात गर्दै आएका पर्वतका कृषकहरुले यस वर्ष ८७ करोड मूल्यभन्दा बढीको आलुको उत्पादन गर्ने कृषि ज्ञान केन्द्र पर्वतको आङ्कलन छ ।

जिल्लाको एक हजार ४ सय ५० हेक्टर क्षेत्रफल जग्गामा कृषकहरुले आलु खेती गरेका छन् । प्रति हेक्टर १५ मेट्रिक टनका दरले करीव २२ हजार मेट्रिक टन आलु उत्पादन गर्ने लक्ष्य छ । सरदर प्रति केजी ४० रुपियाँका दरले कृषकले आलु विक्री गर्दछन् । 

गत आर्थिक वर्ष २०८०⁄०८१ मा १ हजार ३ सय ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरेकोमा २० हजार ३ सय ३० मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी सोविता सुवेदीले बताउनुभयो । 

सम्बन्धित समाचार