युएसएआईडीको कार्यक्रम स्थगित भएपछि गैँडा गणना अन्योलमा

9.5k Shares

चितवन– हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरूको भरमा गणना गरिँदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् ।

विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार युएसएआईडीको जल जङ्गल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो ।

परियोजनाले सूचना जारी गरी सामग्रीहरू खरिद प्रक्रिया समेत अघि बढाइसकेको थियो ।

सम्बन्धित समाचार