राजविराज (सप्तरी) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्कली मधेशवादी दल माओवादी मात्रै भएकाले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताउनुभएको छ ।
जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्किया जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्कियालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
मधेशी जनता मधेशवादको नारामा स्थापित नक्कली मधेशवादी दलको भुलभुलैयाको परेको औल्याउँदै अध्यक्ष प्रचण्डले उनीहरुबाट मधेशी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेशवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको बताउनुभयो ।