हावाहुरीबाट लाखौँको केरा खेतीमा क्षति, किसान निराश

9.7k Shares

इनरूवा– सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केरा खेती गरेका छन् । 

करिब ५० लाखको लागतमा जनमजदुर, खाद्य मल, बीउको अभावलगायत समस्याको बाबजुद केरा खेती गरेका हुन्। नगदे बाली केराखेतीबाट राम्रो आम्दानी हुनेमा मियाँ निश्चिन्त थिए। 

मियाँ जस्तै खुर्सीद अन्सारीले दुई बिघामा केरा खेती गरेका छन् । नौ लाख लागतमा उनले केरा खेती गरेका थिए । उनी पनि लगानीसहित नाफा लिने विश्वासका साथ केराको रेखदेख गर्दै थिए ।

तर केही दिनअघिको हुरीबतासले केरा खेतीमा क्षति पुर्‍याउँदा उनीहरू निराश भएका छन्। केरा खेतीमा गरिएको लगानीअनुसार प्रतिफल आउने निश्चिन्त भए पनि असिना पानीसँगै आएको हावाहुरीले केरा खेतीमा ठूलो क्षति भएको उनीहरूले जानकारी दिए।

सम्बन्धित समाचार