काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि राष्ट्रिय सभागृहमा शैक्षिक मेला आयोजना गर्दै

10.9k Shares

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृह परिसरमा ‘काठमाण्डौ शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ ।

मेलाका बारेमा जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागेको बताउनुभयो ।

कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र सङ्घ–संस्थाहरूसँग सहकार्य हुने बताउँदै उहाँले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आउँदा कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार