मुगुको रारास्थित डाँफे होटेलमा आगलागी

6.8k Shares

मुगु– मुगुस्थित रारा तालको किनारमा अवस्थित डाँफे होटलमा गए राति आगलागी हुँदा चारवटा संरचना जलेर नष्ट भएका छन् ।

आगोबाट काठै काठले बनेका ती संरचनामा क्षति भएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरीको टोली रारा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिण्डर पड्कदा अन्य तीन संरचनामा क्षति पुगेको थियो ।

सम्बन्धित समाचार