महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

8.5k Shares

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर बुधबार चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनुसार आज ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोशेढुङ्गा’ चलचित्रको छायाङ्कन सुरु भएको छ ।

अभिनेता बुद्धि तामाङ निर्माता बन्नुभएको चलचित्र ‘कुस्ती’को छायाङ्कन काठमाडौंबाट सुरु भएको छ । सो चलचित्रको मुहुर्त गरेसँगै अभिनेता धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरु गरिएको अभिनेता तामाङले बताउनुभयो ।

“हामीले फागुनदेखि छायाङ्कन सुरु गर्ने भनेपछि शिवरात्रिकै अवसर पारेका हौँ । कलाकारितामा सङ्गालेको अनुभवलाई प्रयोग गरेर चलचित्र निर्माण सुरु गरेको छु । यही पेसाले परिचय दिएकाले मैले नाटकपछि चलचित्र निर्माणमा पनि हात हालेको हुँ । राम्रो समूह र मन पर्ने कथा पाएकाले योजनाभन्दा अगाडि नै निर्माता बन्दैछु”, अभिनेता तामाङले भन्नुभयो ।

सम्बन्धित समाचार