मंगलबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

8.1k Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ७४ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ५६ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ १३ पैसा र बिक्रीदर ८८ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ३६ पैसा र बिक्रीदर ९७ रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४८ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ नौ पैसा र बिक्रीदर १९ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९१ पैसा र बिक्रीदर ३७ रुपियाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १४ पैसा कायम भएको छ।

सम्बन्धित समाचार