धार्मिक पर्यटनका लागि पूर्वाधार निर्माण गरिँदै

7.3k Shares

म्याग्दी । बेनीको शिरमा रहेको पुलस्त्य पुलहाश्रमलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण थालिएको छ ।बेनी नगरपालिका –५ पुलाचौरमा रहेको यस क्षेत्रमा विगत दश वर्षदेखि यता सरकारी निकाय र चन्दा सहयोग जुटाएर करिब साढे दुई करोड रुपियाँभन्दा बढी लगानीमा धार्मिक संरचनाहरु निर्माण भएका छन् । 

बेनी नगरपालिकाले यस क्षेत्रलाई मुख्य धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले तीन वर्षअघि यहाँ रावण पार्क निर्माण सुरु गरेको छ । पर्यटन मन्त्रालयको ७० प्रतिशत र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा एक करोड ७० लाख रुपियाँ लगानीमा रावणको मूर्तिसहित पार्क निर्माण गरिँदैछ ।

रावणको मूर्तिसहितको पार्क निर्माण भएपछि यस क्षेत्रको धार्मिक महत्व बढ्नुका साथै भक्तजनको आगमन वृद्धि हुने अपेक्षा गरिएको बेनी नगरपालिका प्रमुख सुरत केसीले बताउनुभयो । 

अहिले रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘रावणको मूर्तिको एक भाग खुट्टा आइसकेको छ । पार्कमा मूर्ति राख्ने विषयमा अदालतमा परेको मुद्दाको छिनोफानो नभएसम्म अदालतको अन्तरिम आदेशले पार्क निर्माण गर्नु भनेकाले काम भइरहेको छ ।’’ 

पुलस्त्य पुलह क्षेत्रको विकास र समृद्धिका लागि पुलस्त्य पुलह क्षेत्र विकास कोषले करिब ३० करोड रुपियाँ लागत अनुमान गरिएको डिपिआर बनाएर पूर्वाधार निर्माणमा जुटेको कोषका अध्यक्ष लीला बानियाँले बताउनुभयो । 

सम्बन्धित समाचार