अभाव भएपछि स्वास्थ्यकर्मीले दिन्छन् रगत

9.3k Shares

नवलपुर। माग अनुसारको रगत सङ्कलन हुन नसकेपछि नवलपुरमा रगत अभाव भएको छ। नवलपुरको कावासोती र आसपासका अस्पतालले शल्यक्रिया सेवा पनि थप गरेपछि रक्त सञ्चार केन्द्र कावासोतीमा संकलन भएको रगत नवलपुरमै पुर्‍याउन गाह्रो भएको नेपाल रेडक्रस कावासोतीका अध्यक्ष बाबुराम कँडेलले बताउनुभयो।

 कँडेलले भन्नुभयो, ‘अस्पतालमा बिरामीको चापका कारण रगतको माग बढेको छ, तर यही बेला दाताको सङ्ख्या घटेकाले रगतको माग धान्न हम्मेहम्मे परेको छ ।’ 

रगत नपाएकै कारण कतिपय अवस्थामा बिरामीका आफन्त रगतको खोजीका लागि भौंतारिरहेको भेटिने गरेको उहाँको भनाइ छ।

सम्बन्धित समाचार