हराउँदै जाँतो र सिलौटो

9k Shares

भारदह-सप्तरी । परापूर्व कालदेखि चलनचल्तीमा रहेको जाँतो, सिलौटोमा पिस्ने चलन दिन प्रतिदिन घट्दै गएको छ । नयाँनयाँ प्रविधिको आविष्कार, सर्वसाधारणको व्यस्तता कारण जाँतो सिलौटोमा पिस्ने चलन हराउँदै गएको हो ।

राजविराज नगरपालिका २ मा तीन पुस्तादेखि सिलौटो, जाँतो र ओखल बिक्री गरेर परिवार पाल्दै आउनुभएका लालबाबु शर्माको परिवार अहिले पनि साेही काममा व्यस्त हुनुहुन्छ । तर मिहिनेत र परिश्रम अनुसार बिक्री वितरण हुन छोडेको उहाँको ३५ वर्षीया नाति शिवजी शर्माको गुनासो छ ।

हजुरबुबाले तत्कालीन सप्तरीको राजविराज नगरपालिका-९ तथा हालको राजविराज २ मा सुरू गर्नुभएको जाँतो, सिलौटो बनाउन अहिले तेस्रो पुस्ता हामी नातिहरूले निरन्तरता दिँदै आएको शिवजीले बताउनुभयो । उहाँका अनुसार हजुरबुवा र बुवाको पालामा यसको व्यापार एकदमै राम्रो भए पनि अहिले सर्वसाधारणले कहिलेकाहीँ मात्र यसको प्रयोग गर्नाले एक पटक किनेपछि पुस्तौं पुस्तासम्म प्रयोग हुने हुनाले बिक्री घटेको हो । पहिले दिनहुँ जाँतो, सिलौटो गरी ४ देखि ७-८ वटासम्म बिक्ने अहिले कहिलेकाहीँ एउटा बेच्न पनि समस्या भएकाे उहाँकाे अनुभव छ ।

सम्बन्धित समाचार