जापानी मन्त्रालयका कर्मचारीले संवेदनशील फाइल नै हराएपछि...

9.8k Shares

टोकियो ।  जापानका अर्थ मन्त्रालयका एक जना कर्मचारीले सहकर्मीहरूसँग नाइट आउटमा जाँदा मन्त्रालयको संवेदनशील डेटा भएको फाइल हराएका छन् । 

हराएको फाइलमा १८७ जना सन्दिग्ध लागू औषध तस्करीको व्यक्तिगत डेटा भएको स्थानीय सञ्चार माध्यमले भनेको छ । फाइल हराउने कर्मचारीको नाम खुलाइएको छैन । फेब्रुअरी ६ मा सहकर्मीसँगको पाँच घण्टा लामो नाइट आउटमा उनले ९ ग्लास बियर पिएका थिए । 

सुमिदामा रहेको आफ्नो घरमा जान रेल चढेर ओर्लिँदासम्म पनि उनले साथमा बोकेर लगेको झोला हराएको हेक्कै नपाएको बताइएको छ । यस घटनाप्रति अर्थ मन्त्रालयले माफी मागेको छ । 

यस घटनाले सरकारप्रति सर्वसाधारणको विश्वास धूमिल भएकोमा माफी पनि मागेको छ । कर्मचारीले हराएको झोलामा लागू औषधको तस्करी गरेको र गाजाको दाना राखेको आरोप लागेका १८७ जनाको नाम र ठेगाना लगायत जानकारी भएको दस्ताबेज पनि भएको मन्त्रालयले बताएको छ ।

सम्बन्धित समाचार