काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको मूल्य बढेको छ।
अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपियाँ २७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर एक सय ४४ रुपियाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ९५ पैसा तोकिएको छ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपियाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रुपियाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ५४ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ २० पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७४ पैसा र बिक्रीदर ८८ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ४३ पैसा र बिक्रीदर ९७ रुपियाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ २३ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १८ पैसा र बिक्रीदर नौ रुपियाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १२ पैसा र बिक्रीदर १९ रुपियाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २४ पैसा र बिक्रीदर ३७ रुपियाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३१ पैसा र बिक्रीदर ३८ रुपियाँ ४७ पैसा कायम भएको छ।