सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ

8.4k Shares

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । 

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले अहिले सरकारले ल्याएको अध्यादेशको विषयमा सबैतिर चर्चा रहेको बताएका हुन् । 

उनले संविधानको व्यवस्थालाई नजरअन्दाज गरेर अध्यादेश नल्याइएको बताए । उनले संविधानअन्तर्गत नै रहेर सरकारले ६ वटा अध्यादेश जारी गरेको र विरोध गर्नु प्रतिपक्षको स्वभाव भएको बताए । उनले सामाजिक सञ्जाल नियमन गर्न जरुरी रहेको बताए ।

सम्बन्धित समाचार