7.8k
Shares
काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालमा बाँदरले आतंक मच्चाएको भन्दै समाधानको विकल्प खोज्न सरकारलाई आग्रह गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको विषयमा बोल्ने क्रममा खतिवडाले यस्तो बताएका हुन् ।
दक्षिण एसियाको अर्को मुलुक श्रीलंकाले देशकै लागि समस्या बनेका बाँदर चीनलाई बेचेको प्रसंग पनि उनले उल्लेख गरेका छन् ।