यसरी समाधान गर्न सकिन्छ मोही किसानको समस्या

8.4k Shares

दाङ । स्वर्गद्वारी गुठीको जग्गामा बसोबास एवम् उपभोग गरिरहेका गुठिपीडित किसानले आश्रमको जग्गा आफ्नो नाममा रैकर गरिनु पर्ने र मोहियानी हक कायम गर्नुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनमा छन् । 

पटक–पटक आन्दोलन गर्दा पनि सुनुवाई नभएपछि गत बर्ष २०८० फागुन ८ गतेदेखि जिल्ला प्रशासन कार्यालय दाङको गेटमा सयौं गुठी पीडित किसानले अनिश्चितकालीन धर्ना दिएका थिए । लामो समयसम्म धर्ना दिएपछि स्वर्गद्वारी गुठीपीडित र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबिच २०८० चैत ७ गते दुई बुँदे सहमति भयो । 

दुई बुँदे सहमतिमा नेपालको संविधान २०७२ ले गुठी सम्बन्धमा गरेका व्यवस्थाहरु व्यवस्थित गर्न हाल स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानको मागलाई सम्बोधन हुनेगरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुन तर्जुमाको प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएको थियो । उक्त सहमति भएपछि पीडित किसानले आन्दोलन स्थगित गरेका थिए  । 

सम्बन्धित समाचार