पाथीभरामा केबलकारको विरोधमा एक हप्तादेखिको बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित

7.3k Shares

काठमाण्डाै – ताप्लेजुङकाे पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक हप्तादेखिको यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।

माघ १२ गते ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो । आन्दोलनरत पक्षले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्नेसहित गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहा गर्नुपर्ने, काफ्लेपाटीमा रहेको सशस्त्र र नेपाल प्रहरीको टोली फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बन्द खुलाउन वार्ता र संवाद भइरहेको छ ।  प्रदेश र सङ्घीय सरकारमार्फत पनि वार्ता र समन्वय हुने र जिल्लाबाट पनि समन्वय भइरहेको उहाँको भनाइ छ । शर्माले ताप्लेजुङमा शान्ति सुरक्षा प्रवाह, अलपत्र परेका यात्रुको उद्धारलगायत काम गरिरहेको र आज पनि जिल्ला भित्रिएका केही तीर्थयात्रीलाई सुरक्षा दिएको बताउनुभयो ।

फुङलिङ नगरपालिका–१० काफ्लेपाटीबाट मन्दिर छेउसम्म २ दशमलव ७ किलोमिटर लामो केबलकार निर्माण भइरहेको छ । आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले केबलकारको काम रोक्न माग गर्दै आएका छन् ।

सम्बन्धित समाचार