सुनको मूल्य बढ्यो

19.3k Shares

सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज आइतबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँ महंगिएको हो । शुक्रबार छापावाला सुन ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ।  शुक्रबार १ हजार १ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको हो । 


सम्बन्धित समाचार