डीएसपी भन्दै ठगी गर्ने युवक समातिए

9.3k Shares

धनुषा । नेपाल प्रहरीको ‘डीएसपी (प्रहरी नायब उपरीक्षक)हुँ’ भन्दै ठगी गर्ने एकजनालाई शनिबार पक्राउ गरिएको छ ।

सिरहाको लहान नगरपालिका–२ का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

उनका अनुसार, धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का रमेश श्रेष्ठसँग आफू नेपाल प्रहरीको डीएसपी हुँ भन्दै नगद ५० हजार रुपैयाँ ठगेको आरोपमा निजलाई पक्राउ गरिएको हो ।

प्रहरी निरीक्षक यादवले भने, “साहले आफू डीएसपी भएको भन्दै रु ५० हजार ठगी गरेको बारे श्रेष्ठद्वारा प्रहरीमा दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।”

सम्बन्धित समाचार