8.6k
Shares
स्याङ्जा– यहीँ माघ १८ गतेदेखि सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनबाट संविधान संशोधनको बहसले औपचारिक रूपमा प्रवेश पाउने नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले बताएका छन् ।
नेपाली काङ्ग्रेस स्याङ्जाको आयोजना र नेपाली काङ्ग्रेस भिरकोट नगर कार्यसमितिको व्यवस्थापनमा भिरकोट नगरपालिका ३ मा रहेको भिरकोट सिटिहलमा सम्पन्न नेपाली काङ्ग्रेस स्याङ्जाको एक सय दिने अभियानको समापन कार्यक्रममा बोल्दै पूर्व मन्त्री गुरुङले सबैको अपनत्व हुनेगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका हुन ।